ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ « Khabarhub

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएपछि आएको विरोधबारे बोलेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकालाई स्मरणसहित न्यायको विषय बुझ्न भने।

‘न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, यसलाई प्रतिशोधन भन्न पाइने छैन,’ रविले भने ।

एमाले सांसद गुरू बरालले ओली र लेखकलाई रिहा गर्न माग गरेपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विधि र प्रक्रियाको पालना गर्न विपक्षी दलहरूलाई आग्रह गरे। सत्ता परिवर्तनपछि ‘विदेशी चलखेल’ भन्ने पुरानो आरोप दोहोरिन नदिने पनि उनले बचन दिए ।

‘सत्ता छाड्नु परेपछि विदेशी चलखेल भन्ने खेल अब हुने छैन। पारदर्शी परराष्ट्र नीति अवलम्बन गरिनेछ । हाम्रो सरकारले राष्ट्रिय हितलाई प्राथमिकता दिनेछ,’ उनले अगाडि भने ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ०७ बजे

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ सुधन किन डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो