कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ? « Khabarhub

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।

आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै यस्तो प्रश्न उठाएका हुन् ।

‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले गोरखापत्रमै पढ्ने ? सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुँदैन भन्ने मान्यता आज पनि प्रष्ट र दृढ छ’, उनले भने।

सांसद आङ्देम्बेले संसद भवन र सिंहदरबार जस्ता संरचनामा भएको क्षतिको विषयमा पनि ध्यानाकर्षण गराए।

‘किन संसद् भवन जल्यो? किन सिंहदरबार ध्वस्त बनाइयो ? भौतिक संरचनामा भएको विनाशलाई एउटै दृष्टिले हेर्नु जरूरी छ। २३ र २४ गतेको घटनालाई अलग–अलग हेर्ने प्रवृत्ति गलत छ’, उनले भने, ’जाँचबुझ आयोगले २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कारबाहीको सिफारिस पनि गर्‍यो, तर २४ गतेको त अनुसन्धान पूरा भएन। समय थप्ने बहाना मात्र पर्याप्त छैन ।’

उनले संविधानविपरीत काम भएमा कांग्रेसले चेतावनीसहित उभिने बताए । ‘बितेका ७५ वर्ष कुनै प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन्। नयाँ प्रधानमन्त्रीको नियत सकारात्मक हो भन्ने आशा राख्दै हामी उनको पूरा कार्यकालमा सहयोग गर्नेछौँ। तर संविधान र नागरिक अपेक्षाविपरीत कुनै काम भए हामी सचेत भएर प्रतिरोध गर्न तयार छौं,’ आङ्देम्बेले भने।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ३ : ३२ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली