सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ « Khabarhub

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर व्यवस्थापनको नीति अपनाउनुपर्ने बताएका छन्।  

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले देशलाई गरिब र धनी सबैका लागि बस्न मिल्ने बनाउने आवश्यकता रहेको पनि बताएका छन्।

साम्पाङले भने, ‘कुम्बासी भन्दै नागरिकको बासको अधिकारलाई खोस्दै डोजर चलाउने चलनको अन्त्य गरियोस् जनताको घर टहरा भत्काउनु हुँदैन। सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अगाडि बढाओस्।’

उनले थपे, ‘सरकारले सुकुम्बासी भूमिहीनलाई लालपुर्जाको व्यवस्था गरोस्। धनीको मात्रै होइन गरिबको पनि यो देश हो भन्ने किसिमको आवास हामीलाई हुनुपर्छ। सरकारले काम गरोस्। उपत्यका बाहिर पनि नेपाल छ भन्ने कुरा हामीले व्यवहारबाट जान्नुपर्छ। उपत्यकामा मात्रै सबै विकास थोपर्ने रणनीतिको अन्त्य होस्। सबै खाले विभेदको अन्त्य गरिनुपर्छ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ४२ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण