सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही « Khabarhub

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले बहुमतको अहंकार गर्न नहुने बताएका छन् । संसदमा सम्बोधन गर्दै उनले तीन वर्ष अगाडि पनि आफूले सरकारलाई यही सुझाव दिएको स्मरण पनि गरेका छन् ।

‘सबै संरचना जले, आज बाध्य भएर एउटा बैठक कक्षालाई प्रतिनिधि सभाको कार्यकक्ष बनाएका छौँ । ७६ जना युवाले राष्ट्रका लागि बलिदान दिए । क्रुरतापूर्वक घाँटी रेटीरेटी हत्या गरिएको छ । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’ उनले भने, ‘यस्तो पीडादायी घटनाबाट स्थापित जनताको सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्छ ।’

सरकार भविष्यको दियो बनोस् भन्दै उनले त्यो दियो डढेलोमा परिणत हुन नहुने बताए । ‘यदि सरकार डढेलो बन्यो भने त्यसलाई निभाउने र नियन्त्रण गर्ने साहस हामी राख्छौँ र गर्छौँ पनि ।’ उनले भने ।

उनले वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्नुपर्ने उल्लेख गरे । उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ प्रति सुशासनको जग बसाल्ने अभ्यास ल्याउने कुरामा आशावादी रहेको बताए ।

उनले अघिल्लो पटक युवा नआएको तर यस पटक भने युवा आएकाले पुस्तान्तरणको अभ्यास भएको समेत उल्लेख गरे ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ५१ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण