ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण « Khabarhub

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको छ । उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध सम्बन्धी विषयमा अमेरिकी जनतालाई सम्बोधन गरेलगत्तै भएको बताइएको छ ।

पहिलो आक्रमणपछि प्रहरीले मध्य इजरायलका विभिन्न प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । सञ्चारमाध्यमका अनुसार करिब नौ स्थान प्रभावित भएका छन् । तेल अभिव क्षेत्रमा चार जना सामान्य घाइते भएको चिकित्सकलाई उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । 

इजरायली सञ्चारमाध्यमले आक्रमणबाट फराकिलो क्षेत्रमा क्षति पुगेको उल्लेख गर्दै यसको कारण क्लस्टर हतियारको प्रयोग हुन सक्ने बताएका छन् । यस्ता हतियार हावामै विस्फोट भई साना बमहरू छर्छन् । इरान र इजरायलले यसअघि पनि एकअर्कामाथि क्लस्टर बम प्रयोगको आरोप लगाउँदै आएका छन् ।

पहिलो आक्रमणको करिब छ घण्टापछि इजरायली सेनाले पुनः तीन चरणमा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको जनाएको छ । यससँगै उत्तरी र मध्य इजरायलका अधिकांश क्षेत्रमा हवाई आक्रमणको साइरन बजाइएको थियो ।

सेनाको होम फ्रन्ट कमान्डले पछि देशभरका बासिन्दालाई सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति दिइएको जनाएको छ । पछिल्ला आक्रमणबाट कुनै हताहत वा ठूलो क्षतिको विवरण तत्काल प्राप्त भएको छैन ।

यसअघि बुधबार, यहुदी समुदायले निस्तार चाडको तयारी गरिरहेका बेला इरानी क्षेप्यास्त्र आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएका थिए । होम फ्रन्ट कमान्डका अनुसार, उत्तरी इजरायलमा बिहीबार बिहानै लेबनानबाट हुने आक्रमणको चेतावनी दिइनुका साथै हवाई आक्रमणको साइरन पनि बजाइएको थियो ।

गत मार्च २ देखि युद्धमा सामेल भएको इरानको सहयोगी लेबनानी लडाकु समूह हिजबुल्लाहले सीमावर्ती क्षेत्रहरूमा इजरायली सेनालाई लक्षित गरी रकेट प्रहार र गाउँमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

हालसम्म उक्त घटनाबाट कुनै हताहत वा क्षतिको पुष्टि भएको छैन ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ५ : ३३ बजे

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा