काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सञ्चालन हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
भारत सरकारको अनुदान सहयोगमा सञ्चालन हुने यी परियोजनाहरूको कुल अनुमानित लागत करिब ४७.३ करोड रुपैयाँ रहेको छ ।
सम्झौताअनुसार विभिन्न प्रदेशमा कोल्ड स्टोर, विद्यालय भवन तथा प्रसूति केन्द्र निर्माण गरिनेछ। गण्डकी, कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा यी परियोजनाहरू कार्यान्वयन हुनेछन्।
परियोजनाअन्तर्गत नवलपुर र तेह्रथुममा कोल्ड स्टोर निर्माण, मुस्ताङ, कैलाली, डोल्पा र बाँकेमा विद्यालय भवन निर्माण तथा रौतहटमा बर्थिङ सेन्टर निर्माण गरिनेछ। यी आयोजना स्थानीय तहमार्फत् कार्यान्वयन हुनेछन्।
सन् २००३ यता भारतले नेपालमा यस्ता ५९८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमध्ये ५०६ वटा सम्पन्न भइसकेका छन् भने अन्य विभिन्न चरणमा रहेका छन्।
प्रेस विज्ञप्तिअनुसार, यी परियोजनाले पूर्वाधार विकास सुदृढ गर्दै नेपाल सरकारको विकास प्रयासमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
Today, @IndiaInNepal, @mofaganepal, and the Government of Nepal’s Project Implementing Agencies signed MoUs to undertake 7 High Impact Community Development Projects #HICDPs across 7 districts spanning 6 provinces of Nepal.
— IndiaInNepal (@IndiaInNepal) April 2, 2026
These 7 #HICDPs, funded by Government of India’s grant… pic.twitter.com/0fnCqUasVY
















प्रतिक्रिया