चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने « Khabarhub

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ । यही चैत २३ देखि २५ गतेसम्म कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सो सम्मेलन हुने भएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्काय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासङ्घको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनका सदस्यसचिव विश्वविद्यालयका उपप्रध्यापक डा केदार देवकोटाका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा चार विधामा ४२ कार्यपत्र प्रस्तुत गरिने छन् ।

उनका अनुसार सम्मेलनमा मौरीपालन, एपी थेरापी, परागसेचन र मौरीसँग सम्बन्धित रोग र किरा व्यवस्थापनको विषयमा कार्यपत्र प्रस्तुतीकरण एवं छलफल हुने छ ।

सम्मेलनमा नेपालसहित भारत, थाइल्यान्ड, चीन, कोरिया, अमेरिका क्यानाडा, ग्रिस, हङ्गेरी, स्विडेन, स्टोनिया, बङ्गलादेश, श्रीलङ्कालगायतका गरी १९ देशबाट विषयविज्ञ तथा कृषकको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा मह प्रदर्शनी तथा मेलासमेत आयोजना गरिने छ । जसमा आठ वटा स्टल रहने छन् । सम्मेलनमा हनी बार सञ्चालन गरिने आयोजकको भनाइ छ । नेपालमा पाइने मह चखाउन पनि बार सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : २१ बजे

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद