मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता « Khabarhub

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्व युद्ध अन्त्यका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र बनाउन आह्वान गरेका छन् ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुवै पक्षले द्वन्द्वको द्रुत अन्त्य र द्वन्द्वको दीर्घकालीन समाधानका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् ।’

खाडी मुलुक इरानी ड्रोन आक्रमणसँग जुधिरहेको बेला युक्रेनले साउदी अरबसँग हवाई रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि यो आह्वान आएको हो । रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति पुटिनले बुधबार बताएका थिए ।

यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् । उनले भने, ‘विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेको छ। यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको छ।’

‘इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको छ’, उनले भने, ‘देश र कम्पनीहरूले गति र लागतमा मात्र होइन, यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेका छन्।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : ५३ बजे

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल