सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक « Khabarhub

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार चैत २० गते शुक्रबार बिहान ११ः०० देखि २ः०० बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावालीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार त्यही दिन दिउँसो २ः३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने छ ।

दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसैगरी, राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २२ गते अपराह्न २ः३० देखि ३ः३० सम्म राष्ट्रियसभाका कुनै सदस्यलाई सभाको उपाध्यक्ष मतमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिइने छ ।

यस्तै चैत २२ गते अपराह्न ४ः०० बजे दर्ता भएका प्रस्तावकको सूचनाको दर्ता सूची प्रकाशन हुने छ भने २३ गते दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकले उपाध्यक्ष चयन गर्ने छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ८ : ५६ बजे

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन