संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल « Khabarhub

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्तिहरु राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय अखण्डताको रक्षा, क्रान्तिका उपलब्धिको संरक्षणका लागि ती शक्तिबीच सहकार्यको आवश्यकता औँल्याए ।

पूर्वप्रधानमन्त्री दाहालले बाह्रबुँदेदेखि विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरु तथा परिवर्तनकामी शक्तिलाई एकताबद्ध बनाउन आफ्नो पार्टीले आवश्यक समन्वय गर्ने प्रस्ट पारे ।

निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताउँदै उनले जनताको जनादेशको सम्मान र परिणाम स्वीकार गरेर सरकारका राम्रा कामको समर्थन एवम् गलत कामको विरोध गर्ने तथा संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

पार्टी सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन परिणामबाट नेता तथा कार्यकर्ता विचलित र निराश नहुन आग्रह गर्दै नयाँ परिस्थितिमा नयाँ ढङ्गले उच्च मनोबल र उत्साह साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले अब पार्टीमा शुद्धीकरण, समग्र पुनर्गठन र पुनर्जागरण अनिवार्य भएको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ९ : १८ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि