म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने « Khabarhub

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी क्षमताको ‘म्याग्दी कोरिडोर’ प्रसारण लाइन निर्माण थालिएको छ ।

धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि मालिका गाउँपालिका–७ स्थित डाँडाखेत सबस्टेसनसम्म १६.४८ किलोमिटर लामो ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो । यस कोरिडोरमार्फत कुल १६४.७५ मेगावाट विद्युत् केन्द्रीय ग्रीडमा जोडिनेछ ।

माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रवद्र्धक पूर्णबहादुर पुनका अनुसार म्याग्दीखोला (६५ मेगावाट), माथिल्लो म्याग्दी (४६.२५ मेगावाट) र अपर म्याग्दी (५३.५ मेगावाट) जलविद्युत् आयोजनाले साझेदारीमा यो प्रसारण लाइन बनाउन लागेका हुन् । आयोजनाअन्तर्गत ५७ वटा टावर निर्माण गरिनेछ ।

कुल ४२ करोड ६२ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाका लागि ८.४० हेक्टर निजी र २१.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ । आयोजनाले टावर रहने निजी जग्गा खरिद गर्ने र प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे) मा पर्ने जग्गाधनीलाई क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ ।

म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलले वातावरणीय परीक्षण प्रतिवेदन पारित भएसँगै काम अघि बढेको र ८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । आयोजनाले वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४१ लाख ७५ हजार र सामाजिक सहयोगका लागि २१ लाख ३१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रसारण लाइनको अभावमा निर्माणाधीन आयोजनाको विद्युत् खेर जान नदिन प्रवद्र्धकहरू आफैँ सक्रिय भएर यो कोरिडोर निर्माणमा जुटेका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ८ : ४६ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना