पोर्चुगलमा मनाइयो बुद्धजयन्ती « Khabarhub

पोर्चुगलमा मनाइयो बुद्धजयन्ती


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ जन्मजयन्ती युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा शुक्रबार राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइएको हो ।

लिस्बनको आन्जोसस्थित जिनासियो क्लबको हलमा आयोजित कार्यक्रममा बौद्ध धर्म गुरुहरुद्वारा बुद्धको विशेष पूजा–आराधना गरिएको थियो भने सहभागीहरुलाई सामूहिक रुपमा ध्यान गराइएको थियो ।

सो अवसरमा बौद्ध धर्मगुरु फुरी शेर्पाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशलगायत विषयमा प्रवचन दिए ।

बुद्धजयन्तीको शुभकामना व्यक्त गर्दै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले मानवजातिका लागि बुद्धका ज्ञान र शिक्षा अमूल्य रहेको बताए । उनले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई व्यावहारिक जीवनमा आत्मसात् गर्दै सत्कर्मको मार्गमा लाग्नुपर्नेमा जोड दिए ।

विश्व शान्तिको कामना गर्दै बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्धको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले बताए । उनले बुद्ध जयन्तीलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरूलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ९ : २८ बजे

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी