एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग « Khabarhub

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ । शनिबार काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा केन्द्रीय सदस्यसहितका युवा नेताहरूको ‘पुनर्जागरण भेला’ आयोजना गर्दै पार्टीको वर्तमान संरचना र कार्यशैलीमाथि प्रश्न उठाइएको हो ।

भेलामा एमाले केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडाल लगायत उपस्थित थिए । नेताहरू रमेश पौडेल, रोशन बस्नेत र सुजन कडारियासहितका सहभागीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउनुपर्ने विषयमा खुला रूपमा धारणा राखेका छन् । भेलामा पूर्वकेन्द्रीय सदस्य नवीना लामा, रमेश पौडेल, अनेरास्ववियुका पूर्वअध्यक्ष सुजन कडरिया, बुद्धिजीवी परिषद अध्यक्ष गजेन्द्र थपलिया, युवा संघ उपमहासचिव उपेन्द्र शाही लगायत सहभागी थिए ।

भेलाका मुख्य प्रस्तावमा केन्द्रीय कमिटी विघटन गरी बाहिरबाट समेत समेटेर तदर्थ कमिटी गठन गर्दै विशेष महाधिवेशन गरिनुपर्ने, प्रदेश र जिल्ला कमिटीहरू समेत विघटन गरेर नयाँ संरचना बनाइनुपर्ने र संगठित सदस्यताको पुनः छनबिन तथा नवीकरण गरिनुपर्ने रहेको थियो ।

कार्यक्रममा पार्टीको विचारधारा र कार्यशैली स्पष्ट नभएको भन्दै नेताहरूले आलोचना गरेका थिए । उनीहरुले पार्टी ‘कहिले माओवादी, कहिले कांग्रेस, कहिले अन्य साना दलजस्तो’ शैलीमा चलाइएको आरोप लगाएका छन् ।

यसअघि पनि केही नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका थिए । पछिल्लो समय बालेन शाह नेतृत्वमा नयाँ सरकार गठनपछि अध्यक्ष ओली पक्राउ परेको घटनाले पार्टीभित्र पुनर्गठनको आवाज थप मुखर भएको छ ।

पार्टीका केन्द्रीय पदाधिकारीहरूकै एक हिस्सा एमाले पुनर्गठनको पक्षमा देखिन थालेका छन् । सचिवालयस्तरमै यस विषयमा बहस तीव्र बन्दै गएको छ भने सर्वोच्च अदालतको आदेशसँगै पत्थरीको शल्यक्रियापछि अध्यक्ष ओली अझै पूर्ण रूपमा सक्रिय हुन सकेका छैनन् । उनी हाल भक्तपुरको गुण्डुस्थित घरमै आराम गरिरहँदा एमाले नेतृत्वबाट बिदा गर्नुपर्ने आवाज संस्थागत हुँदै गएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ६ : १९ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा