विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै « Khabarhub

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा विराट ट्रेड फेयर २०८३ आयोजना गरिने भएको छ ।  

चाडपर्वको उत्सव, व्यापारको महोत्सव भन्ने नारा सहित विराट व्यापार संघले  आयोजना गर्न लागेको विराट ट्रेड फेयरले केही मात्रामा भएपनि बजार चलायमान हुने र चाडपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घट्ने विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए । 

उनले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने गरी तथा चाडपर्व लक्षित सेवा र वस्तुको विक्री गरिने भएकाले ट्रेड फेयरले स्थानीय व्यापार वृद्धि गर्न सहयोग पुग्ने बताए ।   

९ दिन सम्म आयोजना हुने सो विराट ट्रेड फेयरमा खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, हार्डवेयर, अटोमोबाइल, फर्निचर,  गृह उपयोगी सामग्रीका साथै बैक तथा वित्तिय संस्थाको सेवाहरु लगायतका १ सय वटा स्टलहरु राखिने बताइएको छ । 

करिब ७० लाख रुपैया खर्च हुने अनुमान गरिएको सो ट्रेड फेयर करिब १ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । ट्रेड फेयरमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरु रहने बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ५ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु