पहिराले अरनिको राजमार्ग अवरुद्ध « Khabarhub

पहिराले अरनिको राजमार्ग अवरुद्ध


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण उक्त राजमार्ग आजसम्म पनि सञ्चालन हुन नसककेको कन्द्रिय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग बैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले स्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । अरनिको राजमार्ग भने पूर्ण रुपमा अवरुद्ध छ ।’

अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १० : ५४ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।