लिरिकल्ली फितलो बन्दै लाहुरे « Khabarhub

लिरिकल्ली फितलो बन्दै लाहुरे


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यवसायिकरुपमा सफल सर्वाधिक सफल हिपहप आर्टिस्ट हुन्– आशिष राना उर्फ ‘लाहुरे’ ।

उनी यम बुद्धले होस्ट रहेको र्‍याप ब्याटल ‘रअ बार्ज’बाट चर्चामा आएका कलाकार हुन् । उनी आइकोनिक ब्याटल र्‍यापरसमेत हुन् ।

रअ बार्जमा सन् २०१३ मा र्‍यापर युनिक पोइटसँगको ब्याटलले उनलाई मुलधारको कलाकारितामा ल्यायो । ‘केस नम्बर ४२०’ र्‍यापका कारण उनी सन् २०१४ को इन्टरनेटमा सर्वाधिक खोजी भएका र्‍यापर बने ।

त्यही रअबार्जको चर्चाले उनीले फिल्मको नायकसमेत बने । तर बक्स अफिसमा उनको फिल्म ‘ताण्डव’ले ताण्डव भने गर्न सकेन ।

लाहुरे रियालिटी शो ‘रोडिज’को ग्याङ लिडर पनि हुन् । अन्य विधामा यसरी फैलिने उनी एक मात्रै हिपहप कलाकार हुन् ।

लाहुरेले बढी चर्चा कमाएको गीत ‘केस नम्बर ४२०’ हो । जुन गीतमा उनले अश्लील शब्दहरू प्रयोग गरेका छन् । सोहीकारण नेपाली र्‍यापमा अश्लील शब्दको प्रयोगलाई बढवा दिएको आरोप उनलाई लाग्छ । त्यसअघि अश्लील शब्द प्रयोग भएका गीत ‘केस नम्बर ४२०’को तहमा टिह थिएनन् । त्यसपछि भने अश्लील शब्द प्रयोग समान्य र ट्रेन्डका रुपमा भेटिन थालेको छ ।

लागूऔषधले रहस्यमयी

लाहुरे ‘रअ बार्ज’बाट चर्चामा आएपछि मिडिया एकदमै न्यून र चयन गरेर मात्रै स्टेज शोमा देखिने गरेका थिए ।

सोहीकारण लाहुरेबारे एक बेला भाष्य थियो, ‘एकदमै महँगो कलाकार ।’ यसको रहस्य लागूऔषधसँग जोडिएको छ ।

उनी गृह सहर पोखरामै बसेर कलाकारितामा सक्रिय छन् । लागूऔषधको प्रबन्ध नमिल्ने भएकाले पोखरा बाहिरका कार्यक्रममा जान आफूले निकै सोच्ने उनी आफैँले खुलाए ।

उनले भनेका छन्, ‘लागु औषध नमिल्ने र मैले यो कुरा मिलाइदेउ भन्न नसक्ने आयोजकसँग शो नै गर्दिनँ थिएँ ।’

०७८ मा लागूऔषध किन्न जाँदा प्रहरीले समातेपछि उनी हिरासतमा पुगे । त्यसबाट बाहिर आएर लागूऔषधविरुद्धको अभियन्ता बनेपछि उनले यो कुरा सेयर गरेका हुन् ।

कयौँ पटक पोखरामै रिहाब जाने–आउने क्रमले सार्वजनिक उपस्थिति कम भएको उनी बताउँछन् ।

भन्छन्, ‘सबै चिनेको हुने । आउने जाने पत्तै नहुने । रिहाब गयो मन लागे निस्कियो । धेरै पटक यस्तो भयो ।’

मृत्युको मुखकै अवस्थामा आफूलाई लागूऔषधले पुर्‍याएकाे उनले सेयर गरेका छन् ।

कमब्याक

लाहुरेले ‘रअ बार्ज’को चर्चामा पछि एक एल्बम ‘चुप लाग’ सार्वजनिक गरे । ९ वर्षअघि सार्वजनिक उक्त एल्बम हिट भयो । त्यसबेला हिट र्‍याप गीतको मानक १० लाख भ्युज मान्ने गरिन्थ्यो । एल्बमका सबै गीतले उक्त बिन्दू पार गरेका थिए ।

एल्बम निस्किएको चार वर्ष लाहुरे दर्शकलाई गीत दिन नसकेनन् । फ्यानहरूले लाहुरे हराएको भन्दै कटाक्षसमेत गर्न थाले । मञ्च र रियालिटी शोमा भने उनी देखिन्थे ।

०८७ मा लागूऔषध कारोबारमा प्रहरीको फन्दामा परेपछि लाहुरेले कम ब्याक गरे । उनले ‘बिरामी’ शीर्षकको गीत निकाले । यो गीतलाई युट्युबमा एक करोड पटक हेरिएको छ । यस गीतमा लाहुरेले आफ्नै कुलत यात्राका शब्द कारेका छन् ।

तथापि, यो गीतले लाहुरेलाई उत्कृष्ट कमब्याक गरायो । लागूऔषधमा पक्राउ परेर धमिलिएको छवि पनि उनले केही हदसम्म सुधारे । त्यस यता उनी अन्तर्वार्ताहरू बाक्लै रुपमा दिन लागेका छन् ।

कमसल लाहुरे

लाहुरे क्वान्टिटीभन्दा क्वालिटी र्‍याप दिने र्‍यापरमा पर्छन् । यही खुबीले लामो समय नयाँ गीत नदिँदा पनि दर्शकसँग उनको दूरी बढेन ।

लाहुरे भोकल र लिरिक्स दुवैमा दख्खल भएका र्‍यापर भएकाले दर्शकलाई प्रभावित पार्न सके र चमत्कारिक सफलता हात परे ।

उनले बनाएका ब्रान्डका प्रमोसन गीतसमेत दर्शकको लागि प्रिय हुने गरेको उदाहरण छ ।

लाहुरे इन्टरनेटको सुरुवाती युगका कलाकार हुन् । सन् २०१३–१८ उनको प्राइम टाइम हो । जसबेला इन्टरनेटको पहुँच अहिलको जस्तो सहज थिएन ।

सोहीकारण त्यो समयमा पनि सार्वजनिक गीतहरूले हिटको मानक मानिने भ्युज पाएका छन् । १२ वर्ष अघि सार्वजनिक गीत अर्थात् लाहुरे प्राइममा रहँदाको सबैभन्दा हिट गीत ‘सोल्टा’ले २ करोड भ्युज पाएको छ ।

पछिल्लो तीन वर्षमा उनले पाँच गीत निकालेका छन् । जसमा तीनमा सोलो छन् भने दुईमा कोल्याब छन् ।

भ्युजका हिसाबले अहिलेको सन्दर्भमा यी तीनै गीत फ्लप हुन् । अहिले उदयीमान र्‍यापर जेम्सीसँगको कोल्याब गीत ‘वी पोखरा’ले मात्रै तीन मिलियन भ्युज पाएको छ ।

उनका सोलो प्रत्येक गीतले तीन वर्षको अवधिमा मात्रै १० लाख मात्रै भ्युज पाएका छन् । जुन अहिलका लागि सामान्य हो ।
कमेन्ट बक्समा लोयल फ्यानहरू १० लाख भ्युजका लागि प्राथना गरिरहेका छन् । एक फ्यानले लेखेका छन्, ‘लाहुरेको यो गीतले १ मिलियन भ्युज कहिले पाउला भनेर प्रतीक्षा गरिरहेको छु ।’

भ्युज खस्किनुको कारण उनको गीत सुन्दा प्रष्ट हुन्छ । भोकलमा दख्खल भएका लाहुरे अहिले बढी अटोट्युनको सहज उपायमा लिप्त छन् ।

अर्को उनी लिरिक्समै मिहिनेत गर्न छाडेको पाइन्छ । उनका लिरिक्स नै कमजोर छ, बेबी र्‍याइम बढी समेटिएका छन् । भोकल र लिरिक्समा दख्लल राख्ने भनेर चर्चामा आएका उनी यसैमा चुकेका छन् । दर्शकले यही कुराको माग गरेका छन् ।

कमेन्ट बक्समै फ्यानहरू पहिलाको जस्तो दमदार गीत ल्याउन लाहुरेलाई आग्रह गरिरहेका छन् ।

उनको गीत ‘सोडसाइड रोमियो’मा एक फ्यानले कमेन्ट छोडेका छन्, ‘पहिलो जस्तो कडा लागेन । कडा ल्याउनुपर्‍यो दाइ ।’
केहीले लाहुरेलाई ‘रअ बार्ज’ समय कालखण्डमा जस्ता गीत ल्याउन अग्रह गरिरहेका छन् ।

अर्थात्, लाहुरे लिरिक्कली खस्किएको उनको कमेन्ट बक्स र भ्युजले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ९ : ४२ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले