आज २०८३ साल जेठ १९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १९ गते मंगलबारको राशिफल


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि। सन् २०२६ जुन २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्राे छ । उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृष : शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । परिवारसँगको सहकार्यमा गरेको काममा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्ने योग छ ।

मिथुन :  शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । रोग बढ्नेछ । परिवारमा खटपट हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ ।

सिंह: दिन राम्रो छ । धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारसँगको सहकार्यले काम सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कन्या : साना कुराले मन अशान्त बन्नसक्छ । राज्यको तर्फबाट निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । साथीबाट अपमान सहनुपर्ने खतरा देखिन्छ । संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ ।

तुला : मानसिक तनाव बढ्ने जोखिम छ । थोरै बोल्नु उचित हुनेछ । कतै शुभकार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । विपक्षी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृश्चिक : मन शान्त बन्नेछ । धनलाभ हुनेछ । परिवारमा मेलमिलापको योग छ । साथीसँगकाे रमाइलाे भेटले नयाँ याेजना बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ ।

धनु : आम्दानीका दृष्टिले दिन राम्रो छ । व्यापारको लगानीबाट फाइदा हुनेछ । सरकारी नोकरीमा भए बढुवा हुनेछ । विपक्षी साथीभाइले तपाईंको प्रशंसा गर्नेछन् । रोगबाट बच्न आफ्नो ख्याल गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

मकर : हरेक काममा अवरोध हुनसक्छ । परिवारको साथ लिएर मात्र काम गर्नु उचित हुन्छ । एक्लो निर्णय लिएमा फस्ने जोखिम छ । संकटमा स्वास्थ्यले भने साथ दिएको छ । शिक्षामा ढिलासुस्ती हुनेछ ।

कुम्भ : दिन राम्रो छ । समयको  सदुपयोग गर्नुहोला । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । व्यवहार गर्दा  सचेत भएमा हरेक काममा सफलता मिल्नेछ ।

मीन :  थाेरै बाेल्नुपर्ने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या देखिन्छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । काम सहजै बन्ने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : २५ बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।