दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै « Khabarhub

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

भाजपा अध्यक्ष नवीनसँग भेटवार्ता हुँदै


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज राजनीतिक भेटवार्ता गर्दै छ ।

भ्रमण टोलीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीनसहित उच्च तहका नेतासँग भेटवार्ता गर्न लागेको हो ।

भेटका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित रहेर छलफल हुने रास्वपाले जनाएको छ ।

पार्टीगत सम्बन्ध विस्तार र दुई पक्षीय आपसी हितका विषयमा संवाद गर्न सभापति लामिछाने नेतृत्वको टोली सोमबार दिल्ली प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ९ : ३४ बजे

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज