विश्वकप २०२६: समूह ‘जे’ मा अर्जेन्टिना बलियो, मेसीसामु इतिहास रच्ने अवसर « Khabarhub

विश्वकप २०२६: समूह ‘जे’ मा अर्जेन्टिना बलियो, मेसीसामु इतिहास रच्ने अवसर


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लियोनेल मेसी र अर्जेन्टिना लगातार विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने अभियानमा छन् । फिफा विश्वकप २०२६ का लागि अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । यस समूहमा लामो समयपछि विश्वकपमा पुनरागमन गरेका अल्जेरिया र अस्ट्रिया तथा नवप्रवेशी जोर्डन छन् । फिफाले ४८ राष्ट्रको विश्वकप गरेपछि जोर्डनले पहिलो पटक खेल्ने अवसर पाएको हो ।

अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा गरेमा मेसी विश्वका दुई महान् फुटबलर पेले र डिएगो म्याराडोनाकै अद्भूत श्रेणीमा पुग्ने छन् । गत संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो । सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेयता कुनै पनि राष्ट्रले उपाधि रक्षा गर्न सकेका छैनन् ।

अर्जेन्टिना कस्तो छ ?
तीन पटकको विजेता तथा फिफा वरीयताको तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले जुन १६ मा अल्जेरियासँग खेल्दै उपाधि रक्षा अभियानको सुरुवात गर्ने छ । त्यसपछि उसले अस्ट्रिया र जोर्डनको सामना गर्ने छ । दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थान हासिल गरी अर्जेन्टिनाले १५ महिनाअघि नै विश्वकपमा स्थान सुरक्षित गरेको थियो । ब्राजिललाई हराउँदै अर्जेन्टिना विश्वकपमा चयन हुँदा मेसी भने चोटका कारण टोलीमा थिएनन् ।

वर्तमान कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाका कप्तान मेसी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै छ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बन्दै छन् । विश्वकपमा मेसीको नाममा सर्वाधिक २६ खेलको कीर्तिमान छ ।

अर्जेन्टिना रहेको समूह ‘जे’मा अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १० : ०२ बजे

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ