युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु « Khabarhub

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

विभिन्न सहरमा रुसको भीषण क्षेप्यास्त्र प्रहार


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । पछिल्ला केही महिनायताकै सबैभन्दा ठुलो मानिएको यस आक्रमणमा राजधानी किभसहित विभन्न सहरका गरेर १० जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

मङ्गलवार बिहान सबेरै भएका ती हवाई आक्रमणमा परी कैयौँ बालबालिकासहित दर्जनौँ मानिस घाइते भएका छन् । आक्रमणबाट कतिपय आवासीय भवन भत्किएका छन् भने किभमा भग्नावशेषभित्र थुनिएका हुन सक्ने मानिसको उद्धारका लागि आपत्कालीन टोलीहरू प्रयासरत छन् ।

मङ्गलवार बिहानै युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो ।

गत महिना युक्रेनको नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा २१ जनाको मृत्यु भएपछि मस्कोले त्यसको बदलास्वरूप युक्रेनमा आक्रमण गर्ने चेतावनी दिएको थियो ।

आक्रमणपछि राजधानी किभको केन्द्रभागबाट धुवाँको ठुलो मुस्लो उडिरहेको देखिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ११ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली