युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु « Khabarhub

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

विभिन्न सहरमा रुसको भीषण क्षेप्यास्त्र प्रहार


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । पछिल्ला केही महिनायताकै सबैभन्दा ठुलो मानिएको यस आक्रमणमा राजधानी किभसहित विभन्न सहरका गरेर १० जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।

मङ्गलवार बिहान सबेरै भएका ती हवाई आक्रमणमा परी कैयौँ बालबालिकासहित दर्जनौँ मानिस घाइते भएका छन् । आक्रमणबाट कतिपय आवासीय भवन भत्किएका छन् भने किभमा भग्नावशेषभित्र थुनिएका हुन सक्ने मानिसको उद्धारका लागि आपत्कालीन टोलीहरू प्रयासरत छन् ।

मङ्गलवार बिहानै युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो ।

गत महिना युक्रेनको नियन्त्रणमा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा २१ जनाको मृत्यु भएपछि मस्कोले त्यसको बदलास्वरूप युक्रेनमा आक्रमण गर्ने चेतावनी दिएको थियो ।

आक्रमणपछि राजधानी किभको केन्द्रभागबाट धुवाँको ठुलो मुस्लो उडिरहेको देखिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ११ : ५७ बजे

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको