भाजपा मुख्यालयमा बाजागाजा र पुष्पवर्षासहित रवि लामिछानेको भव्य स्वागत « Khabarhub

भाजपा मुख्यालयमा बाजागाजा र पुष्पवर्षासहित रवि लामिछानेको भव्य स्वागत


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दिने भारत भ्रमणमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछालाई भारतीय जनता पार्टी (भाजपा)ले भव्य स्वागत गरेको छ ।

नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई बाजागाजा र पुष्पवर्षासहित स्वागत गरिएको हो ।

मुख्यालयमा उनलाई भाजपाका नेता एवम् नेपाल मामिलाका जानकार नितिन नवीन लगायतले स्वागत गरेका हुन् ।

मुख्यालयमा पुगे लगत्तै रविले नवीनसँग भेटवार्ता सुरु गरेका छन् । भेटघाटमा भाजपाका अन्य उच्च नेताको सहभागिता रहेको छ ।

लामिछानेले आजै भाजपा मुख्यालयमा भारतीय विदेशमन्त्री एस. जयशङ्करसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १२ : ११ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने