जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग « Khabarhub

जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले राजा वीरेन्द्रको योगदानको स्मरण गर्दै दरबार हत्याकाण्डको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

स्मृति सभामा प्रतिष्ठानका प्रतिनिधिहरूले २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको २५ वर्ष पूरा हुँदासमेत घटनाको वास्तविकता सार्वजनिक हुन नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

उनीहरूले घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।

प्रतिष्ठानले राजा वीरेन्द्रको जन्म जयन्ती, स्मृति सभा, शान्ति गोष्ठी तथा पृथ्वी जयन्तीजस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको उल्लेख गर्दै यस वर्षको स्मृति सभा विशेष भावनात्मक बनेको जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रको निधनपछि आफूहरूलाई अझै पनि अभिभावकविहीन भएको अनुभूति हुने गरेको बताएका थिए ।

वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो ।

नेपालको इतिहासमा यो घटनालाई सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एक मानिन्छ । प्रतिष्ठानले उक्त दिनलाई ‘कालो दिन’ का रूपमा औपचारिक मान्यता दिन सरकारसँग माग गरेको छ ।

कार्यक्रममा वक्ताहरूले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकासप्रेमी तथा प्रजातन्त्रका पक्षधर शासकका रूपमा स्मरण गरे ।

नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत उनले अन्तर्राष्ट्रिय स्तरमा शान्तिको सन्देश दिएको उल्लेख गर्दै उक्त प्रस्तावलाई विश्वका ११६ राष्ट्रले समर्थन गरेको स्मरण गरियो ।

प्रतिष्ठानले राजा वीरेन्द्रले राष्ट्रका लागि पुर्‍याएको योगदान र त्यागको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय एकता, शान्ति र विकासका क्षेत्रमा उनका विचारहरू आज पनि सान्दर्भिक रहेको जनाएको छ । 

कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउन राज्यले विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १ : १० बजे

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई

जेन-जी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : हमाल

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह