न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना « Khabarhub

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१ मा भएको इजरायल डे परेडमा भाग लिएनन्।

न्यूयोर्क शहरका मेयरले इजरायल डे परेडमा भाग नलिएको घटना ६२ वर्षमा पहिलो पटक भएको हो । यसको कारण डेमोक्रेटिक नेता जोहरान ममदानीको प्यालेस्टिनी अधिकारको समर्थन गर्ने अडानलाई मानिएको छ।

न्यूयोर्कको फिफ्थ एभेन्यूमा हरेक वर्ष निकालिने इजरायल डे परेड, १९४८ मा इजरायलको स्थापना भएको खुशियाली मनाउन आयोजना गरिन्छ। यो कार्यक्रम लामो समयदेखि अमेरिकी राजनीतिमा निकै महत्वपूर्ण मानिँदै आएको छ।

सामान्यतया न्यूयोर्कका मेयर, गभर्नर र अन्य ठूला राजनीतिक नेताहरू यसमा सहभागी हुने गरेका थिए । शहरमा ठूलो यहुदी जनसंख्या छ । यो समुदायको राजनीतिक प्रभाव पनि निकै महत्वपूर्ण मानिन्छ।

तर यस पटक मेयरको अनुपस्थितिले राजनीतिक बहस छेडेको छ। जोहरान ममदानी प्यालेस्टिनीहरूको अधिकारको समर्थन र गाजा युद्धमा इजरायलको आलोचना गर्ने नेताहरूमध्ये पर्छन्। उनको अडानलाई लिएर पहिलेदेखि नै न्यूयोर्कको राजनीतिमा चर्चा चलिरहेको छ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १ : ०५ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००