दश पटक सगरमाथा चढेका रास्वपा सांसद शेर्पा सम्मानित « Khabarhub

दश पटक सगरमाथा चढेका रास्वपा सांसद शेर्पा सम्मानित


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटकसम्म सफल आरोहण गरेका रास्वपा सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । 

सङ्घीय संसद्को ‘लोगो’ सहित १० औँ पटक सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई मंगलबार संघीय संसद् सचिवालयले सम्मान गरेको हो । 

कार्यक्रममा सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रमाणपत्र सहित सम्मान गरेका थिए । 

सम्मानपछि हिमाल आरोही सांसद शेर्पाले आफूले हिमाल चढ्दा धेरै समस्या र चुनौती देखेको भन्दै अव त्यसलाई समाधान गर्न ध्यान केन्द्रित गर्ने बताए । उनले संसारभर हालसम्म ७० वटा हिमाल आरोहण गरिसकेको धारणा राखे । 

शेर्पाले पछिल्लोपटक जेठ १३ गते बुधबार बिहान ५ बजेर ४० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए । यसपटक ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए  ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  १ : १७ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख