दश पटक सगरमाथा चढेका रास्वपा सांसद शेर्पा सम्मानित « Khabarhub

दश पटक सगरमाथा चढेका रास्वपा सांसद शेर्पा सम्मानित


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटकसम्म सफल आरोहण गरेका रास्वपा सांसद मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । 

सङ्घीय संसद्को ‘लोगो’ सहित १० औँ पटक सगरमाथा आरोहण गरेका सांसद शेर्पालाई मंगलबार संघीय संसद् सचिवालयले सम्मान गरेको हो । 

कार्यक्रममा सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रमाणपत्र सहित सम्मान गरेका थिए । 

सम्मानपछि हिमाल आरोही सांसद शेर्पाले आफूले हिमाल चढ्दा धेरै समस्या र चुनौती देखेको भन्दै अव त्यसलाई समाधान गर्न ध्यान केन्द्रित गर्ने बताए । उनले संसारभर हालसम्म ७० वटा हिमाल आरोहण गरिसकेको धारणा राखे । 

शेर्पाले पछिल्लोपटक जेठ १३ गते बुधबार बिहान ५ बजेर ४० मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए । यसपटक ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए  ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १ : १७ बजे

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट