सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा  « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्व संकटमा परेको छ। कांग्रेसका बहुमत प्रदेशसभा सदस्यहरूले दलको नेतृत्व परिवर्तनको माग गर्दै औपचारिक रूपमा हस्ताक्षर बुझाएका छन्।

प्रदेशसभा सदस्य पदमबहादुर शाहीका अनुसार संसदीय दलको सचिवालयमा नेता परिवर्तनको मागसहित निवेदन दर्ता गरिएको छ। उनले कांग्रेस केन्द्रीय नेतृत्वले प्रतिनिधि पठाएर यस विषयमा आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा हाल अमेरिका रहेकाले उपस्थित छैनन्। प्रदेशमा रहेका १७ सांसदमध्ये नौ जनाले नेतृत्व परिवर्तनको पक्षमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्ने सांसदहरूमा दीवानसिंह विष्ट, मानबहादुर रावल, पदमबहादुर शाही, बेलबहादुर राना, जुना दानी, ललिता सुनार, गीता चौधरी, तुलसी देवकोटा र डम्मरी महरा रहेका छन्।

नेतृत्व परिवर्तनको पक्षमा उभिएका अधिकांश सांसदहरू विगतमा तत्कालीन सभापति शेरबहादुर देउवा समूहसँग निकट मानिन्थे भने हाल पार्टी सभापति गगनकुमार थापा पक्षसँग नजिक रहेको बताइन्छ। 

यस घटनाक्रमले सुदूरपश्चिममा कांग्रेसको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  २ : २७ बजे

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू