अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम « Khabarhub

अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका तथा अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी)को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रम आयोजना गर्न लागेको हो ।

आयोजकका अनुसार यस वर्षको कार्यक्रमले दोर्दी क्षेत्रका सम्भावनायुक्त नयाँ पदमार्ग तथा पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा स्थापित गर्न विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

पछिल्ला वर्षहरूमा सडक विस्तार र बढ्दो व्यावसायीकरणका कारण केही स्थापित पदयात्रा मार्गहरूले आफ्नो मौलिकता गुमाउँदै गएका बेला दोर्दी क्षेत्रलाई प्रकृति नजिकको, शान्त र वैकल्पिक पदयात्रा गन्तव्यका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ ।

दोर्दी क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन, मौलिक गुरुङ संस्कृति तथा कम व्यावसायिक हस्तक्षेपका कारण पदयात्रा पर्यटनको आकर्षक नयाँ गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । यस्ता कार्यक्रमले ओझेलमा रहेका गन्तव्यहरूको प्रचारप्रसार बढाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सृजना, सामुदायिक सहभागिता अभिवृद्धि तथा समुदायमा आधारित दिगो पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य दोर्दी क्षेत्रका पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवर्द्धन गर्नुका साथै स्थानीय समुदायलाई पर्यटन गतिविधिसँग थप जोड्नु हो ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार कार्यक्रममार्फत दोर्दी गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार, स्थानीय व्यवसायी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गरिनेछ ।

कार्यक्रमको पहिलो दिन सहभागीहरू पोखराबाट भोटेओडार हुँदै करिब तीन घण्टाको सवारी यात्रापछि मञ्जाङ ढोकेडाँडास्थित लक्ष्मी माध्यमिक विद्यालय पुग्नेछन् । त्यहाँबाट करिब ४० मिनेट पैदलयात्रा गर्दै लामागाउँ पुग्ने कार्यक्रम तय गरिएको छ । बाटोमा पर्ने दासडाँडामा सहभागीहरूलाई पञ्चेबाजासहित स्वागत गरिनेछ ।

सोही दिन ७६औँ अन्नपूर्ण आरोहण दिवस विशेष समारोह, पदमार्ग तथा पर्यटकीय गन्तव्य प्रवर्द्धनसम्बन्धी औपचारिक सत्र, आरोही सम्मान कार्यक्रम तथा स्थानीय व्यवसायी र सरोकारवालासँग अन्तरक्रिया आयोजना गरिनेछ । 

कार्यक्रममा जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धिले हिमाली पर्यटन र स्थानीय वातावरणमा पारेका प्रभाव तथा त्यसका चुनौतीबारे पनि छलफल हुने जनाइएको छ ।

सहभागीहरूले लामागाउँमा गुरुङ समुदायको मौलिक सांस्कृतिक प्रस्तुति अवलोकन गर्नेछन् । कार्यक्रम अवधिभर सहभागीहरूको खाना तथा आवासको व्यवस्था स्थानीय गुरुङ होमस्टेमा गरिएको छ । कार्यक्रमको दोस्रो दिन नेपाली झण्डा पार्क, चियाबारी, मौलाकोट क्षेत्र तथा स्थानीय गुम्बाहरूको अवलोकन तथा भ्रमण कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमले दोर्दी गाउँपालिकाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्दै यस क्षेत्रलाई गण्डकी प्रदेशकै उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुई लाशनालले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल सफलतापूर्वक आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ३ : १२ बजे

उजुरी परेपछि रास्वपाको निर्वाचन प्रक्रिया स्थगित, विभिन्न स्थानको अधिवेशन रोक्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आन्तरिक

नेप्से परिसूचक २२.२१ अंकले उकालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने

संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको

विपक्षीको नाराबाजीबीच संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं– विपक्षी दलहरूले वेलमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको

सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने