नेप्से परिसूचक २२.२१ अंकले उकालो « Khabarhub

नेप्से परिसूचक २२.२१ अंकले उकालो


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अंकले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७८ अंकले  उकालो लागेर ४७३.५१ मा पुगेको छ । कुल ३४६ कम्पनीको एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर रु पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्षस्थानमा छ । नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर कम्पनी, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेका छन् ।

यस्तै, कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र गुर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस्तै, नबिल डिवेञ्चर, बुङ्गल हाइड्रोपावर, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले भने गुमाएका छन् । 

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ४ : ०७ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक