नेप्से परिसूचक २२.२१ अंकले उकालो « Khabarhub

नेप्से परिसूचक २२.२१ अंकले उकालो


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.२१ अंकले उकालो लागेर दुई हजार ७७७.५८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७८ अंकले  उकालो लागेर ४७३.५१ मा पुगेको छ । कुल ३४६ कम्पनीको एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर रु पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्षस्थानमा छ । नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर कम्पनी, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रहेका छन् ।

यस्तै, कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र गुर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस्तै, नबिल डिवेञ्चर, बुङ्गल हाइड्रोपावर, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले भने गुमाएका छन् । 

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ४ : ०७ बजे

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा

विश्वकै चर्चित युट्युबर मिस्टर बिस्टले गरे विवाह

काठमाडौं– विश्वकै सर्वाधिक लोकप्रिय युट्युबर जिमी डोनाल्डसन (मिस्टर बिस्ट) अब

‘युवाको आक्रोशको गलत फाइदा नउठाइयोस्’- छात्र आन्दोलनबारे प्रीति जिन्टाको चिन्ता

काठमाडौं– दिल्लीको जन्तर–मन्तरमा जारी छात्र आन्दोलनकाबीच बलिउड अभिनेत्री प्रीति जिन्टाले