रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ? « Khabarhub

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भव्य स्वागत गरिएको छ । नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा सभापति लामिछानेलाई भव्य स्वागत गरिएको हो । भाजपाद्वारा जारी गरिएको विज्ञप्ति अनुसार रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको छ ।

‘भाजपालाई जान्नुहोस्’ (नो बिजेपी) पहल अन्तर्गत नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको उक्त भेटवार्तामा दुवै दलका नेताहरूबीच आपसी हित र राजनीतिक सहकार्यका विविध पक्षमा छलफल भएको छ । लामिछानेलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले भारत र नेपालबीचको गहिरो, ऐतिहासिक र सभ्यतागत सम्बन्धको चर्चा गरेका छन् । उनले साझा सांस्कृतिक विरासत र बलियो जनस्तरको सम्बन्ध नै दुई देशबीचको खम्बा भएको उल्लेख गर्दै यस्ता भ्रमण र छलफलले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने र दुई पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे ।

भेटका क्रममा भाजपा अध्यक्ष नवीनले आफ्नो पार्टीको संगठनात्मक यात्रा, वैचारिक दृष्टिकोण, संगठनात्मक संरचना र जनता केन्द्रित राजनीतिक दृष्टिकोणका बारेमा जानकारी गराएका थिए । छलफलका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार चयन प्रणाली र तल्लो तहका कार्यकर्ता पहिचान गरी उनीहरूलाई परिचालन गर्ने संयन्त्रबारे विशेष चासो राखेको थियो ।

नेपाली प्रतिनिधिमण्डलको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष नवीनले भाजपाको सांगठनिक शक्ति निरन्तरको जनसम्पर्क, बुथ तहको सक्रियता र लोकतान्त्रिक प्रक्रियामा सर्वसाधारण नागरिकको व्यापक सहभागिताबाटै निर्माण भएको प्रस्ट पारे । यसैगरी, नवीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको विकासमुखी शासन मोडेलको चर्चा समेत गरे ।

विकास, सेवा, सुशासन र कल्याणकारी योजनाहरूको प्रवाह नै भाजपाको जनसम्पर्क र शासन पद्धतिको मुख्य केन्द्रविन्दु रहेको उनको भनाइ थियो। छलफलमा दुवै देशका नेताहरूले राजनीतिमा जेन-जी को बढ्दो भूमिका र सम्भावनाका बारेमा समेत छलफल गरेका थिए । युवाहरूले लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्व निर्धारणमा खेल्न सक्ने भूमिकाबारे दुवै पक्षबीच कुराकानी भएको थियो।

उक्त महत्त्वपूर्ण बैठकमा भाजपाका तर्फबाट राष्ट्रिय महासचिव अरुण सिंह, सांसद संजय जैसवाल, सांसद बाँसुरी स्वराज र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेको उपस्थिति रहेको थियो । भेटघाटका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा रहेको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ४ : ३९ बजे

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी