प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल « Khabarhub

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका छन् । 

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा रहेको बताएका हुन् ।

सीमाका विषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । 

त्यस्तै सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको बताए । उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझाव समेत दिए ।  

विपक्षीलाई पेलेर जबरजस्ती सदन चलाउन खोजे दुर्घटना हुने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ५ : २२ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स