अवार्ड विजेता ६ चिनियाँ फिल्मको काठमाडौंमा प्रदर्शन « Khabarhub

अवार्ड विजेता ६ चिनियाँ फिल्मको काठमाडौंमा प्रदर्शन


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित ६ चिनियाँ फिल्महरूको विशेष प्रदर्शन कार्यक्रम काठमाडौंमा मंगलबारदेखि सुरु भएको छ।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत सुरु भएको यो प्रदर्शनी सागर झान निर्देशित चलचित्र ‘ट्रयाप्ड’ को प्रदर्शनसँगै उद्‌घाटन गरिएको हो।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो।

ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान प्रमुख अतिथि थिए। कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार संघ अध्यक्ष उत्तम केसी, निर्देशक समाज अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघ अध्यक्ष नरेन्द्र महर्जन तथा अभिनेता प्रमोद अग्रहरीलगायत चलचित्रकर्मीहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्षले स्वागत मन्तव्य दिँदै यस्ता सांस्कृतिक कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले चीनमा नेपाली चलचित्र वितरण र प्रदर्शन विस्तारमा पनि यसले सहयोग पुर्‍याउने अपेक्षा राखे।

मिनिस्टर काउन्सिलर चउ पानले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई सामाजिक र राजनीतिक परिवेश बुझ्ने महत्वपूर्ण साधन भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ नजिक ल्याउने बताए।

निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली चलचित्रको प्रदर्शन र वितरण विस्तारका लागि थप सहकार्य आवश्यक रहेको बताए।

उद्घाटनपछि प्रदर्शन गरिएको ‘ट्रयाप्ड’ बारे निर्देशक झानसँग दर्शक तथा पत्रकारबीच अन्तरक्रिया समेत भएको थियो। उनले आफ्नो किशोर अवस्थाका अनुभव र स्मृतिलाई आधार बनाएर चलचित्र निर्माण गरेको बताए।

कार्यक्रममा पहिलो दिन ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार चलचित्र प्रदर्शन कार्यक्रम छाया सेन्टरमा बिहीबारसम्म जारी रहनेछ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : १५ बजे

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह