रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ « Khabarhub

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुन सक्ने संकेत गरेका छन्।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेलाई त्यहाँ प्राप्त सम्मानप्रति खुसी व्यक्त गरे।

उनले भाजपाले नै भ्रमणको व्यवस्थापन गरिरहेकाले प्रधानमन्त्री मोदीसँग भेटवार्ताका लागि सहजीकरण हुन सक्ने बताए।

‘उहाँहरूले आफ्नो मुख्यालयमा दिएको सम्मानप्रति हामी खुसी नै छौँ। हामी त्यसलाई राष्ट्रहितमा प्रयोग गर्ने गरी कूटनीतिक रूपमा अघि बढ्छौँ,’ बुर्लाकोटीले भने, ‘भारतीय प्रधानमन्त्रीसँग भेट गर्ने तालिका पनि हुन सक्छ। भाजपाकै निमन्त्रणामा भ्रमण भएकाले उहाँहरूले आवश्यक सहजीकरण गरिरहनुभएको छ।’

महामन्त्री बुर्लाकोटीले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवाद र आपसी समझदारीमार्फत समाधान गर्न सकिने धारणा पनि व्यक्त गरे। उनले यस विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिको समेत बचाउ गर्दै सीमा सम्बन्धी मुद्दा भावनाभन्दा कूटनीतिक प्रक्रियाबाट समाधान गर्नुपर्ने बताए।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : ४६ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने