रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ « Khabarhub

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुन सक्ने संकेत गरेका छन्।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेलाई त्यहाँ प्राप्त सम्मानप्रति खुसी व्यक्त गरे।

उनले भाजपाले नै भ्रमणको व्यवस्थापन गरिरहेकाले प्रधानमन्त्री मोदीसँग भेटवार्ताका लागि सहजीकरण हुन सक्ने बताए।

‘उहाँहरूले आफ्नो मुख्यालयमा दिएको सम्मानप्रति हामी खुसी नै छौँ। हामी त्यसलाई राष्ट्रहितमा प्रयोग गर्ने गरी कूटनीतिक रूपमा अघि बढ्छौँ,’ बुर्लाकोटीले भने, ‘भारतीय प्रधानमन्त्रीसँग भेट गर्ने तालिका पनि हुन सक्छ। भाजपाकै निमन्त्रणामा भ्रमण भएकाले उहाँहरूले आवश्यक सहजीकरण गरिरहनुभएको छ।’

महामन्त्री बुर्लाकोटीले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवाद र आपसी समझदारीमार्फत समाधान गर्न सकिने धारणा पनि व्यक्त गरे। उनले यस विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिको समेत बचाउ गर्दै सीमा सम्बन्धी मुद्दा भावनाभन्दा कूटनीतिक प्रक्रियाबाट समाधान गर्नुपर्ने बताए।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ५ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली