प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ « Khabarhub

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता र प्रतिपक्षबीच विभाजन हुन नहुने बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले राष्ट्रिय हितका सवालमा सबै दल एकजुट हुनुपर्ने धारणा राखिन्। उनले विपक्ष सधैं सही र सत्तापक्ष सधैं गलत वा त्यसको उल्टो हुने अवस्था नरहने उल्लेख गर्दै राष्ट्रिय मुद्दामा साझा धारणा आवश्यक रहेको बताइन्।

 सामाजिक सन्जाल फेसबुकमार्फ उनले भनेकी छन्, ‘विपक्ष सधैं सही हुन्छ भन्ने पनि हुँदैन र सधैँ गलत हुन्छ भन्ने पनि हुँदैन। तर जब राष्ट्रियताको कुरा आउँछ, हामीले सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु कदापि हुँदैन। हामी एकजुट हुनुपर्छ’।

सांसद तामाङले लगातार तीन दिनदेखि संसद् बैठक प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरिन्। संसद्को भूमिका केवल हाजिर गर्ने र भत्ता बुझ्ने मात्र नभएको उल्लेख गर्दै उनले बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल हुन नसक्दा देशलाई नै नोक्सानी भइरहेको बताइन्।

‘आजसम्म तीन दिन भयो, सदन चलेको छैन। संसद्को काम हाजिर गर्ने र भत्ता पचाउने मात्र पक्कै होइन होला। बजेटबारे महत्वपूर्ण छलफल गर्नुपर्ने बेला सदन अवरुद्ध छ। यसको घाटा अन्ततः देशलाई नै हुन्छ,’ उनले भनिन्।

तामाङले संसद् अवरोधका कारण विकास र समृद्धिसँग जोडिएका महत्वपूर्ण विषयमा बहस हुन नसकेको उल्लेख गर्दै दलहरूबीच सहमति र संवादको आवश्यकता औंल्याइन्।

उनले सभामुखप्रति सहानुभूति व्यक्त गर्दै बैठक सञ्चालन गर्न चाहँदाचाहँदै पनि परिस्थितिका कारण कठिनाइ भएको जस्तो देखिएको बताइन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै तामाङले संसद्मा उपस्थित भएर प्रतिपक्षका प्रश्नको जवाफ दिन आग्रह गरिन्।

‘प्रधानमन्त्रीज्यू, तपाईं हाम्रो अभिभावक हो। हामी सबै तपाईंका सन्तान हौँ। कृपया सदनमा आएर प्रतिपक्षका सवालहरूको जवाफ दिनुहोस् र संसद् सञ्चालनका लागि पहल गर्नुहोस्,’ उनले भनिन्।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ६ : ०३ बजे

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु (धादिङ)- आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको चुनावमै भाँडभैलो, भोटिङ मेशिनमा गडबडी गरेको आरोप

काठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौं- सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका विभन्न

भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान

कााठमाडौं- चितवनमा पाँच दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा