भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ « Khabarhub

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने अभिव्यक्ति दिएको स्मरण गराएका छन् ।

उनले उक्त अभिव्यक्तिपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल–भारतबीचका विषय दुईपक्षीय भएकाले कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने धारणा सार्वजनिक गरेको उल्लेख गरेका छन् ।

रावलले प्रधानमन्त्रीले संसद्‍मा नेपालले भारतको धेरै भूमि मिचेको भन्ने “झुटा र राष्ट्रहित विपरीत” धारणा राखेको आरोप लगाउँदै भारतीय विदेश मन्त्रालयको पछिल्लो भनाइबारे प्रधानमन्त्रीको जवाफ के छ भन्ने प्रश्न गरेका छन् । उनले यस विषयमा नेपाली जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताएका छन् ।

रावलले राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डै दुईतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री शाहको अभिव्यक्ति र भारतको आधिकारिक धारणाबीच देखिएको अन्तरबारे सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने उल्लेख गरेका छन् ।

साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल भारत भ्रमणमा रहेको प्रसंग पनि स्मरण गराएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ६ : ४२ बजे

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि