सहकारी बेथिति प्रतिवेदन कार्यान्वयन, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण « Khabarhub

सहकारी बेथिति प्रतिवेदन कार्यान्वयन, १४ कर्मचारीलाई सोधियो स्पष्टीकरण


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमिततासम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन सुरु गरेको छ।

सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनका आधारमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा स्वीकृति तथा एकीकरण प्रक्रियामा कानुनविपरीत भूमिका खेलेको आरोपमा १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित व्यक्तिहरूलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ। तोकिएको अवधिमा जवाफ नआए कानुनअनुसार प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रतिवेदन कार्यान्वयन तथा थप अध्ययनका लागि मन्त्रालयले पाँच सदस्यीय समिति पनि गठन गरेको छ। समितिले प्रतिवेदन अध्ययन, प्राप्त स्पष्टीकरणको विश्लेषण तथा सहकारी क्षेत्र सुधारका सुझाव तयार गर्नेछ।

मन्त्री प्रतिभा रावलले प्रतिवेदनका सुझावअनुसार सहकारी क्षेत्रको संरचनागत सुधारका लागि काम सुरु भइसकेको बताएकी छन्।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ७ : ३१ बजे

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु