दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु « Khabarhub

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

जोहानेसबर्गको पश्चिमी क्षेत्रमा रहेको एक बारमा शनिबार राति भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  । घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा १३ पुरुष र चार महिला छन् ।

प्रहरीका अनुसार करिब आठ जना बन्दुकधारीले आक्रमण गरेका थिए । उनीहरूले बारमा रहेका केही ग्राहकको तलासी लिएर मोबाइल फोनसमेत लगेपछि दुई वटा पहिचान नखुलेका सवारीसाधनमा फरार भएका थिए । घटना स्थानीय समयअनुसार शनिबार राति करिब ७ः३० बजे भएको बताइएको छ ।

प्रहरीले आक्रमणको उद्देश्य अहिलेसम्म स्पष्ट नभएको जनाएको छ। फरार हुनुअघि संदिग्धहरूले दुई वटा सवारीसाधनमा आगजनी गरेको प्रहरीले बताएको छ । घटनामा संलग्नहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको छ ।

यसैबीच, केप टाउनबाहिरको एक टाउनसिपस्थित मनोरञ्जनस्थलमा आइतबार बिहान भएको अर्को गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दक्षिण अफ्रिकामा कानुनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ । त्यहाँ गिरोहबीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन् ।

करिब ६ करोड २० लाख जनसंख्या रहेको दक्षिण अफ्रिकामा विश्वकै उच्च हत्या दरमध्ये एक रहेको छ । देशमा दैनिक औसत करिब ६० जनाको हत्या हुने गरेको तथ्यांक उद्धृत गरिएको छ । 

यसै वर्षको मार्चमा जोहान्सबर्गका हिंसाग्रस्त क्षेत्रमा अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको थियो । राष्ट्रपति सिरिल रामाफोसाले बढ्दो अपराधलाई देशका प्रमुख चुनौतीमध्ये एकका रूपमा वर्णन गरेका छन् । रासस 

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : ०७ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर