वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ « Khabarhub

वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीले सफाइ पाउने फैसला सुनाएको हो ।

गिरी दार्चुला जिल्ला न्यायाधीश थिए । सर्वोच्चले उच्च अदालत पाटनबाट सफाइ पाउने गरी भएको फैसला सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते सफाइ पाउने ठहर गरेको थियो । त्यसअघि जिल्ला अदालत काठमाडौंले भने गिरीलाई दोषी ठहर गरेको थियो । उनलाई जिल्लाले सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको सजाय तोकेको थियो । मुद्दा तहतह हुँदै सर्वोच्च पुगेको हो ।

गिरीविरुद्ध उनकै पूर्वपत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् । पूर्वपत्नी रावलको जाहेरीपछि तत्कालीन अवस्थामा प्रहरीले गिरीलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ८ : ४१ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ