वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ « Khabarhub

वैवाहिक बलात्कार अभियोगमा न्यायाधीश गिरीलाई सफाइ


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको अभियोगबाट जिल्ला न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबार गिरीले सफाइ पाउने फैसला सुनाएको हो ।

गिरी दार्चुला जिल्ला न्यायाधीश थिए । सर्वोच्चले उच्च अदालत पाटनबाट सफाइ पाउने गरी भएको फैसला सदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २०८१ चैत ३१ गते सफाइ पाउने ठहर गरेको थियो । त्यसअघि जिल्ला अदालत काठमाडौंले भने गिरीलाई दोषी ठहर गरेको थियो । उनलाई जिल्लाले सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको सजाय तोकेको थियो । मुद्दा तहतह हुँदै सर्वोच्च पुगेको हो ।

गिरीविरुद्ध उनकै पूर्वपत्नी आरती रावल गिरीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् । पूर्वपत्नी रावलको जाहेरीपछि तत्कालीन अवस्थामा प्रहरीले गिरीलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ८ : ४१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७