धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह « Khabarhub

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा छाडेर नयाँ पार्टी घोषणाको तयारीमा लागेका धवल शमशेर राणालाई पार्टीमै फर्किन आग्रह गरेका छन् ।

आज धवल शमशेरको नेतृत्वमा बसेको राप्रपाका असन्तुष्ट नेताहरूको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेलगत्तै लिङ्देनले पार्टीमै फर्किन आह्वान गरेका हुन् ।

‘म महामन्त्री धवल शमशेर राणालाई पार्टीका पूर्वअध्यक्षहरूको आव्हान, नेता, कार्यकर्ता र आमशुभेक्छुकहरूको भावनाको सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशनको प्रक्रियामा सामेल हुन आव्हान गर्दछु,’ लिङ्देनद्वारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ ।

राप्रपाका महामन्त्री राणाले जेठ १७ गते पार्टी छोडेको बताउँदै नयाँ अभियान घोषणा गरिएको बताएका थिए । राणाको पार्टीमा दुर्गा प्रसाई पनि जोडिन बताइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ८ : ४७ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ