धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह « Khabarhub

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा छाडेर नयाँ पार्टी घोषणाको तयारीमा लागेका धवल शमशेर राणालाई पार्टीमै फर्किन आग्रह गरेका छन् ।

आज धवल शमशेरको नेतृत्वमा बसेको राप्रपाका असन्तुष्ट नेताहरूको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेलगत्तै लिङ्देनले पार्टीमै फर्किन आह्वान गरेका हुन् ।

‘म महामन्त्री धवल शमशेर राणालाई पार्टीका पूर्वअध्यक्षहरूको आव्हान, नेता, कार्यकर्ता र आमशुभेक्छुकहरूको भावनाको सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन र महाधिवेशनको प्रक्रियामा सामेल हुन आव्हान गर्दछु,’ लिङ्देनद्वारा सोमबार जारी विज्ञप्तीमा भनिएको छ ।

राप्रपाका महामन्त्री राणाले जेठ १७ गते पार्टी छोडेको बताउँदै नयाँ अभियान घोषणा गरिएको बताएका थिए । राणाको पार्टीमा दुर्गा प्रसाई पनि जोडिन बताइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ८ : ४७ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा