विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि… « Khabarhub

विश्वकप : खेल हुँदै गर्दा दर्शक मैदान छिरेपछि…


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत बेल्जियम र सेनेगलबीच सियाटलमा जारी रोमाञ्चक खेलको बीचमै सुरक्षा घेरा तोडेर दर्शकहरू मैदानभित्र प्रवेश गरेपछि खेल केही बेर बिथोलिएको छ।

खेल चलिरहेकै अवस्थामा एकसाथ तीनजना व्यक्ति सुरक्षाकर्मीको आँखा छल्दै मैदानभित्र दौडिएका थिए। दर्शक एक्कासि मैदान छिरेपछि खेललाई झन्डै एक मिनेट रोक्नुपरेको थियो। मैदानभित्र जथाभाबी दौडिरहेका ती व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

विश्वकपजस्तो खेलकुदको महाकुम्भमा सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा बनाइएको हुन्छ। विश्वकप दौरान यसरी खेलको मर्यादाविपरीत अनुमतिविना मैदान छिर्नेलाई कडा कानुनी कारबाही र रंगशाला प्रवेशमा आजीवन प्रतिबन्धसम्मको प्रावधान छ।

यस्तो कडा नियमका बाबजुद एकैपटक तीनजना व्यक्ति मैदान छिर्नुलाई रंगशालाको सुरक्षा व्यवस्थामाथि चुनौतीका रूपमा हेरिएको छ। नियन्त्रणमा लिइएर कानुनी कारबाही अगाडि बढाएको फिफाले जनाएको छ।

उक्त खेलमा दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ भने सेनेगल विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ६ : २१ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको