विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश « Khabarhub

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न नकआउट चरणको खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोललले हराउँदै अमेरिका अन्तिम १६ मा पुगेको हो ।

अमेरिकाका फोलोरिन बालोगुन र मलिक टिलम्यानले गोल गरेका थिए । बालोगुनले खेलको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६४औँ मिनेटमा रातो कार्ड पाएर १० जनामा सिमित भएको अमेरिकाका लागि ८२औँ मिनेटमा टिलम्यानले गोल गर्दै अमेरिकालाई २–० गोलको जित दिलाए ।

आजको खेलमा अमेरिकाका लागि पहिलो गोल गरेका बालोगुनले बोस्नियाका डिफेन्डर तारिक मुहारेमोविचलाई फल हानेपछि रातो कार्ड पाएका थिए । अब अमेरिकाले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ८ : १२ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम