विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश « Khabarhub

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ ।

आज बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न नकआउट चरणको खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोललले हराउँदै अमेरिका अन्तिम १६ मा पुगेको हो ।

अमेरिकाका फोलोरिन बालोगुन र मलिक टिलम्यानले गोल गरेका थिए । बालोगुनले खेलको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६४औँ मिनेटमा रातो कार्ड पाएर १० जनामा सिमित भएको अमेरिकाका लागि ८२औँ मिनेटमा टिलम्यानले गोल गर्दै अमेरिकालाई २–० गोलको जित दिलाए ।

आजको खेलमा अमेरिकाका लागि पहिलो गोल गरेका बालोगुनले बोस्नियाका डिफेन्डर तारिक मुहारेमोविचलाई फल हानेपछि रातो कार्ड पाएका थिए । अब अमेरिकाले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ८ : १२ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको