चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु « Khabarhub

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बुधबार साँझ चट्याङ लागेर हिमा गाउँपालिका– २ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका छन् । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा पनि हिजै परेको चट्याङमा परी १२ वटा खसी र बाख्रा मरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १० : २३ बजे

तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (तस्बिरहरू)

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको

पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद- भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाहुरीका कारण पाकिस्तानका

खामेनीकोस्वीकृतिमै अमेरिकासँग वार्ता भइरहेको पेजेस्कियानको दाबी

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं– शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान

पर्वत– ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा