शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन « Khabarhub

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ । 

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारिसमा समस्या सम्बोधन गरिने जानकारी दिइन् । 

मन्त्रीले उक्त समस्या समाधान गर्न चार सदस्य समिति गठन गरेकी हुन् । कार्यदलले एक महिनाभित्र विस्थापित परिवारहरूको उचित व्यवस्थापनको  मार्गचित्र तयार पारी समाधानका उपाय एवम् तरिका मन्त्री समक्ष सिफारिस गर्नु पर्नेछ । 

वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुञ्जसँग स्तरोन्नतिका गतिविधिमा निकुञ्ज क्षेत्रभित्र रहेको बस्ती स्थानन्तरण गर्दा विभिन्न समस्या समाधान हुन नसकेकाले निकुञ्जबाट विस्थापित परिवारहरूको व्यवस्थापनका लागि समिति गठन गरिएको मन्त्री चौधरीले जानकारी दिइन् । 

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ११ : ३३ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको