रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते « Khabarhub

रुसको भीषण मिसाइल र ड्रोन आक्रमणमा १३ जनाको मृत्यु, ३० भन्दा बढी घाइते


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले बिहीबार राति युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।

किएभ सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेन्कोका अनुसार आक्रमणमा बालबालिकासहित ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका छन्। उनले रुसले जानाजानी आवासीय क्षेत्रमा आक्रमण गरी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन्।

आक्रमणपछि शहरका विभिन्न क्षेत्रमा भीषण विस्फोट भएका थिए। प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने बहुमञ्जिला आवास, घर, होटल, एम्बुलेन्स स्टेशन तथा अन्य नागरिक पूर्वाधारमा क्षति पुगेको छ। एम्बुलेन्स स्टेशनमा भएको आक्रमणमा कम्तीमा एक जना गम्भीर घाइते भएका छन्।

युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार हालसम्म ३४ जनाको उद्धार गरिएको छ। प्रभावित भवनहरूमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको जनाइएको छ।

बीबीसीका संवाददाताले रातभर किएभमा लगातार ठूलो आवाजका विस्फोट सुनिएको र आकाशमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको बताएका छन्। शहरका विभिन्न स्थानमा आगलागी भएको र धेरै सवारीसाधन तथा भवनहरू ध्वस्त भएको दृश्य सार्वजनिक भएको छ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले “विशाल स्तरको आक्रमण” गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए। त्यसको केही घण्टामै यो आक्रमण भएको हो।

यता रुसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले गरेको आक्रमणको प्रत्युत्तरस्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।

दुई साताभन्दा बढी समयपछि रुसले युक्रेनमाथि गरेको यो पहिलो ठूलो मिसाइल तथा ड्रोन आक्रमण हो।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १२ : ३७ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने