तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (तस्बिरहरू) « Khabarhub

तोकिएको समयमै सम्पन्न नहुने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (तस्बिरहरू)


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ ।

ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा परियोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ।

भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार रङ्गशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ ।

हालसम्म एकवटा दर्शक टावरको निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ। चारमध्ये एकवटा प्यारापिट निर्माण सम्पन्न भएको, दुई वटाको ढलान सकिएको तथा अर्को प्यारापिटको निर्माण कार्य जारी रहेको छ।

मैदान निर्माणको काम पनि सुरु भइसकेको छ। मैदानमा पाँचवटा क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन् ।

निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रङ्गशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरसभाको १९औँ अधिवेशनमार्फत रङ्गशालाको बाँकी निर्माण सम्पन्न गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारिएको छ ।

बागमती प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्षमा संघीय सरकारले भने यस आयोजनाका लागि बजेट छुट्याएको छैन । 

यस्तै, महानगरले महानगर क्रिकेट कप र फुटबल लिगलगायत खेलकुद कार्यक्रम सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको थियो । आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । 

त्यसपछि महानगरपालिकाले बागमती प्रदेश सरकार तथा संघीय सरकारको सहकार्यमा निर्माण कार्य पुनः अघि बढाएको हो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १ : ०४ बजे

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम