पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते « Khabarhub

पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाहुरीका कारण पाकिस्तानका विभिन्न क्षेत्रमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक महिला र तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। वर्षाका कारण दुई वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३८ वटा घरमा आंशिक क्षति पुगेको जनाइएको छ।

पूर्वी पञ्जाब प्रान्तको अटक जिल्लामा भारी वर्षाका कारण पर्खाल ढल्दा दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

त्यसैगरी दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक महिला र दुई बालबालिकासहित तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले आगामी केही दिन थप वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आकस्मिक बाढी, पहिरो तथा वर्षासम्बन्धी अन्य सम्भावित विपद्प्रति सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  १ : ०० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी