पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते « Khabarhub

पाकिस्तानमा भारी वर्षा : ११ जनाको मृत्यु, २७ घाइते


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- भारी मनसुनी वर्षासँगै आएको आँधीबेहरी र तीव्र हावाहुरीका कारण पाकिस्तानका विभिन्न क्षेत्रमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक महिला र तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। वर्षाका कारण दुई वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३८ वटा घरमा आंशिक क्षति पुगेको जनाइएको छ।

पूर्वी पञ्जाब प्रान्तको अटक जिल्लामा भारी वर्षाका कारण पर्खाल ढल्दा दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

त्यसैगरी दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा एक महिला र दुई बालबालिकासहित तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले आगामी केही दिन थप वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आकस्मिक बाढी, पहिरो तथा वर्षासम्बन्धी अन्य सम्भावित विपद्प्रति सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १ : ०० बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको